सर्लाही । नापी कार्यालय सर्लाहीले चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ । चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महतो र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरको संयोजकत्वमा लालपुर्जा वितरण गरिएको हो
। नापी कार्यालयले दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेको हो । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको छ ।
त्यस्तै, स्थानिय नागेन्द्र महराले पहिलोपटक जग्गा धनी पूर्जा प्राप्त हुदा आफुहरुलाई धेरै खुसि लागेको बताए । आफ्नो पिता पूर्खा देखि लालपुर्जा थिएन , धेरै दुःख लाग्थो उनले भने । जग्गा धनी पूर्जा प्राप्त भएपछि आफुहरुको दुःखको दिन गएको उनले बताए । अप्ठ्यारोमा बैंकबाट ऋण लिउनत भन्दा धितो राख्ने सम्पत्ति थिएन,साहुले पत्यादैनथे,अब सहज भयो खुसी गागेकोछ ,उनले भने, ।
गाउँपालिका अध्यक्ष महतोले गाउँ ब्लकको लाल पुर्जा वितरण हुनु भनेको चन्द्रनगर गाउँपालिकाको लागि शुभ संदेश भएको बताएका छन् ।