काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ प्रदान गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्रै साहका अनुसार सीसीटीभी जडान र सञ्चालनको लागि प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको हो ।
मेयर साहले आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा ९सीसीटीभी० जडानको सुरुवाता भएको बताएका छन् । आज विहान सामाजिक सञ्जालमा मेयर साहले यस बारेमा जानकारी दिएका छन् ।
साहले लेखेका छन्– चुनाब पहिले मैले भनेको थिए चोक चोकमा ९सीसीटीभी० हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ ।
सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनको भनाइ रहेको छ ।