माघ ६, २०८१ आइतबार Mon Jan 20 2025

‘महाजन मुक्त’ बचत तथा ऋण सहकारी संस्था स्थापनाले मुसहर समुदाय हर्षित्



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका आमाहरु सेयर होल्टर हुने गरी ‘महाजन मुक्त’ बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको छ । यस महाजन मुक्त बचत तथा ऋण सहकारी संस्थामा ८०० मुसहर दलित आमाहरुको जनही ४ हजारको सेयर रहने छ

। सो यस महाजन मुक्त बचत तथा ऋण सहकारी संस्थाको आज विधिवत समुदघाटन गरिएको हो । यसरी मुसहर दलित महिलाहरुले एकीकृत रुपमा गठन गरेको सम्भवतः नेपालमा यो पहिलो सहकारी सस्था हो ।

आर्थिक विपन्नताले गाँजिएका मुसहर समुदायको आर्थिक उन्नति र बचत गर्ने बानीको विकासको लागि यो सहकारी संस्थाले टुवा पु¥याउने विश्वास गरिएको छ ।

मुसहर समुदायको उत्थानका लागि सहकारी संस्था स्थापना गर्न सहयोग गरेकोमा साप नेपाल र नेपाल राष्ट्रिय मुसहर संघ धन्यवादका पात्र बनेका छन् ।

यसरी मुसहर महिलाहरुलाई एकीकृत गरी महाजन मुक्त बचत तथा ऋण सहकारी संस्था स्थापना गरेकोमा जनक कार्की र पचुलाल माझीलाई सबैले धन्यवाद दिएका छन् ।

मुसहर समुदायका आमाहरुलाई सेयर होल्डर बनाएर महाजन मुक्त बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएपछि त्यहाँका मुसहर मुदाय हर्षित भएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १० : ४६ बजे