काठमाडौं । काठमाडौं महानगरपालिकाकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन गर्न नागरिक समाज सञ्जाल गठन गरेको छ । त्यस्तै, वातावरण व्यवस्थापन विभागले अन्य वडा नम्बर १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिलाई समेटेर सञ्जाल गठन गरेको हो ।
महानगरको ११ सदस्यीय सञ्जालकी अध्यक्ष निरू महर्जन छिन् । सञ्जालमा वडा नम्बर १६ बाट दुईजना र बाँकी वडाबाट एक–एकजना सहभागी रहेको महानगरले जनाएको छ । सञ्जाल उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली रहेका छन् ।
यस्तै, सदस्यहरूमा गोविन्द श्रेष्ठ, स्विट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा रहेका छन् । समितिमा वडा नं. १८ बाट सदस्य थप गर्न बाँकी छ । सञ्जालसँगै सागर प्रजापति, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ ।