२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

प्रहरीद्वारा वर्षमान पुनकी आमामाथि गोली प्रहार



काठमाडौं । बालुवाटारमा गोली चल्दा नेता वर्षमान पुनकी आमा घाइते भएकी छन। गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।

कामु प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ११ : ०१ बजे