३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

शिक्षक संघको अध्यक्षमा गिरी



काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।

संघको नवौं अधिबेसनबाट गोर्कण बहादुर बानियाँलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।

जम्मा खसेको ६०७ मतमध्ये गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

बानियाँको पक्षमा २९८ मत खसेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ५४ बजे