३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रधानमन्त्रीसहित माओवादीका मन्त्रीहरुले भेटघाट कार्यक्रम पार्टी कार्यालयमै राख्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका मन्त्रीहरूले शुक्रबारदेखि पार्टी कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने भएका छन् । मन्त्रिक्वार्टरमा साँघुरो भएको भन्दै माओवादीले दिन छुट्याएर पार्टी कार्यालयमै भेटघाटको व्यवस्था मिलाएको हो ।

यसैक्रममा प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । प्रधानमन्त्रीले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ ।

कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १० : ४७ बजे