काठमाडौं । काठमाडौं महानगरपालिका मातहतमा रहेका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अबदेखि अनलाइनबाटै तिर्न व्यवस्था मिलाइएको छ । महानगरका सबै शाखा र वडाहरूमा सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण कर अनलाइन माध्यमबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएक महानगरपालिकाले जानएको छ।
सम्पूर्ण कर अनलाइनबाटै तिर्दा महानगरमा भिडभाड र झन्झट कम हुने महानगरले बताएको छ ।
महानगरपालिकाले kathmandu.gov.np वा eservice.kathmandu.gov.np मार्फत् कर तर्न सक्ने जनाएको छ।
सो वेबसाइट खोलेपछि अनलाइन कर भुक्तानीमा क्लिक गरी प्रयोगकर्ता बक्समा ट्याक्स पेयर आइडी खोलेर भुक्तानी गर्न सक्ने बताएको छ।
अहिलेसम्म पनि ट्याक्स पेयर आइडी प्राप्त नगरेका र आइडी बिर्सिएका करदाताहरूले आवश्यक कागजात तथा विवरणसहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि महानगरको आग्रह छ।