माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

काठमाडौँ महानगरपालिकाले मर्जरमा जाने सहकारीलाई कर छुट दिने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संघ–संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्न लागेका छन् । नेपालमा साउने च्याउसरी सहकारी संघ९संस्थाहरु खुल्दा जोखिमसँगै क्षमतामाथि समेत प्रश्न उठेकाले मर्जरमा जान महानगरपालिकाले प्रोत्साहन गर्ने भएको हो ।

काठमाडौँ महानगरपालिकास्थित रहेको सहकारी विभागले मर्जरमा जाने सहकारी संघ९संस्थालाई दुई वर्षसम्मको व्यवसायिक आयकर छुट दिने जनाएको छ । सहकारी विभागका उपनिर्देशक विमला कोइरालाले एकिकरण ९मर्जर०मा जाने सहकारीलाई आर्थिक वर्ष र त्यसलगत्तै दुई वर्षको व्यवसाय कर पनि छुट दिने जनाएका छन् ।

त्योसँगै महानगरपालिका भित्रका सहकारी संस्थाको क्षमता वृद्धि एवम् उत्पादनमा केन्द्रित गर्न महानगरले महिला सहकारीलाई वडामा व्यवसाय दर्ता गर्नेलाई कर छुट दिने व्यवस्थासमेत मिलाइएको जानकारी दिइन् । हाल काठमाडौँ महानगरको क्षेत्राधिकारभित्र १९५५ सहकारी संस्थाहरु सञ्चालित छन् । जसमध्ये अधिकतम ८३ दशमलब २७ प्रतिशत अर्थात् १६२८ वटा बचत तथा ऋणको काम गर्ने सहकारी भएको जनाइएको छ ।

त्यसैगरी २६४ बहुउद्देश्यीय सहकारी संस्था, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमूलक, शिक्षा, सञ्चार, श्रमिक, पर्यटन, साझा, चिया र अन्य ५ वटा सहकारी रहेका छन् । झण्डै २ हजारवटा सहकारी महानगरभित्र रहेपनि मुस्किलले १० प्रतिशतले मात्र विषयगत काम गर्ने गरेको तर ९० प्रतिशतले नाम एउटा भनेर काम अर्को गर्ने गरेको पाइएको उनले भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : २६ बजे