काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त भएका छन् । लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालक पदमा काम गर्दै आएका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
उनी विगत आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा काम गर्दै आएका थिए । उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको समेत भूमिका निर्वाह गरिसकेका छन् ।

