सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण भएको सडकको पीच गुणस्तरही भएको भन्दै पैसा रोक्का भएको छ ।
गाउँपालिकाले उक्त सडकको पीच विस्तृत अनुगमन गरी गुणस्तरहीन भएको ठहर गर्दै रकम रोकेको हो ।
यसरी चन्द्रनगर गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण गरिएको सडक पीच गुणस्तरहीन ठहर भएर पैसा रोकिएपछि फेरि गुणस्तरीय पीच गर्न दोहो-याएर काम थालिएको गाउँपालिकाले जनाएको छ ।