काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारका नेताहरुलाई ल्याण्डफिल साइट रहेको सिसडोलमा डम्प गर्नु पर्ने चेतावनी दिएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्दै मेयर साहले देश सफा गर्ने हो भने सिंहदरबारका नेताहरुलाई डम्प गर्नुपर्ने बताएका हुन् ।
स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने समेत बताएका छन् ।
उनले लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’