४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

जीपी फाउन्डेसन दोलखाद्वारा तयारी कक्षा सञ्चालन गरिँदै



दोलखा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्व। भीमबहादुर तामाङको स्मृतिमा जीपी फाउन्डेसन दोलखाले आयोजना गरेको तयारी कक्षा संचालनको उत्घाटन समारोह सम्पन्न गरेको छ । उक्त तयारी कक्षाले झन्डै २०० सय विध्यार्थीहरु लाभान्वित हुने आयोजकहरुको भनाइछ ।

सो कार्यक्रमको सभापति जीपी फाउन्डेसन दोलखाका अध्यक्ष राकेश श्रेष्ठकको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरी प्रमुख अतिथि नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा रहेका थिए ।

त्यस्तै बिशिस्ट अतिथि जेपाली काँग्रेस दोलखाका उपसभापति तथा कालिन्चो पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख कमल प्रसाद धमला, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धर, कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपाने, पत्रकार शम्भु गौतम, नेविसंघ दोलखाका अध्यक्ष सौगात थापालगायत रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिलगायत विभिन्न वक्ताहरुले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा वक्ताहरुले तयारी कक्षाले विद्यार्थीहरुमा सिर्जनात्मक क्षमताको विकास हुने र आगामी पढाइलाई थप टुवा पुग्ने बताएका थिए । त्यसैगरी कार्यक्रम सञ्चालन पत्रकार भीमेश्वर रेडियो स्टेसन प्रमुख गोकर्ण भण्डारीले गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा अभिभावकको व्यापक उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ५९ बजे