काठमाडौं । राष्ट्रिय बिज्ञापन संघ नेपाल ‘नाम’ को पहिलो साधारण सभा भोलि सुक्रवार हुँदै छ । उक्त साधारण सभाको काठमाडौंको लैनचौरस्थित मल्ल होटलमा आयोजना गरिएको छ । सभाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गर्ने ‘नान’का अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले बताएका छन् ।
‘नान’को प्रारम्भिक साधारण सभामा सातै प्रदेशका प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताएका छन् । सो सभाको बन्दसत्रले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । यसको कार्यकाल दुईवर्षे हुनेगरी बनाइएको विधान अनुसार चयन हुने कार्यसमितिमा एक अध्यक्ष, एक निर्वतमान अध्यक्ष, प्रथम र द्वितिय गरी २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, कोषाध्यक्ष एवं दुई सहकोषाध्यक्ष रहने छन् । त्यसैगरी कार्यसमितिमा नौं जना सदस्य रहने गरी कार्यसमिति चयन गरिने संघका महासचिव आशिष खड्काले जनाएका छन् । सभाको सम्पूर्ण तयारी भइसकेको पनि महाचिव खड्काले बताएका छन् ।
त्यसैगरी कार्यक्रमा देशै भरी छरियर रहेका बिज्ञापन व्यवसायीलाई एउटै छाता संगठनमा आवद्ध गराई उनीहरुको हकहितमा दरिलो ढंगले काम गर्ने उद्देश्यका साथ स्थापना गरिएको “नान” का प्रथम उपाध्यक्ष प्रदिप कोईरालाको भनाइ थियो । उनले विज्ञापन क्षेत्रलाई उद्योगको रुपमा स्थापित गरी देशमा बढ्दै गएको बेरोजगारी समस्या समाधानमा सघाउन पनि आफूहरुले राज्यसँग हातेमालो गर्ने बताएका छन् ।

