सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको प्रशासकीय भवन निर्माणकोलागि संघीय सरकारले पाँच करोड चालीस लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
पालिका अध्यक्ष राजकुमार महतोले संघीय सरकारसँग गरेको पहलपछि नेपाल सरकार शहरी विकास मन्त्रालयले पाँच करोड चालीस लाख रुपैयाँ बजेट स्वीकृत गरेको हो ।
अध्यक्ष महतोको पटकपटकको प्रयास र पहलपछि गाउँपालिकाको आफ्नै प्रशासकीय भवन बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
अध्यक्ष महतोले केन्द्र सरकारसँग पालिकाको प्रशासकीय भवन निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गर्दै आएका थिए ।
आज केन्द्र सरकारले उक्त प्रशासकीय भवन निर्माणको लागि बजेट स्वीकृत गरेपछि अध्यक्ष महतो गाउँपालिकाको आफ्नै प्रशासकीय भवन बन्नेमा ढुक्क छन् ।