काठमाडौं । ललितपुर महानगरपालिकाले जिल्लाका फुटबल क्लवहरुलाई आर्थिक सहयोग गरेको छ । जिल्ला मा आयोजित कार्यक्रममा महानगरले एबीसी डिभिजन फुटवल क्लवहरुलाई आर्थिक सहयोग गरेको हो ।
‘ए’ डिभिजन लिग खेल्ने ६ वटा क्लबहरुलाई रु. चार लाख, ‘बी’ डिभिजनका २ वटा क्लबहरुलाई ३ लाख र ४ वटा ‘सी’ डिभिजन क्लवलाई रु दुई लाखका दरले सहयोग प्रदान गरेको हो । त्यसैगरी कार्यक्रममा नवौं र्राष्ट्रिय खेलकुद २०७९ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई महानगरले नगद सहित सम्मान गरेको छ ।
जसअनुसार स्वर्ण पदक प्राप्त गर्ने २२ जनालाई २० हजारका दरले पुरस्कृत गरिएको छ भने रजत पदक प्राप्त गर्ने १८ जनालाई १५ हजार र कास्य पदक प्राप्त गर्ने १८ जनालाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले खेलको बिकास संगै खेलाडीहरुको हौसला बढाउनका लागि महानगरले सहयोग गरेको बताए ।आगामी दिनमा महानगरले गर्ने आर्थिक सहयोग बढाउँदै लैजाने उनले बताएका छन् ।