४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

बारा–२ मा नेपाली कांग्रेसले उपेन्द्र यादवलाई सघाउने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले बैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत बारा–२ मा जनता समाजवादी पार्टी -जसपा_का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उपनिर्वाचनमा यादवलाई सघाउने निर्णय गरेको हो ।

बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । तर कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ ।

लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार तनुहँ १ र चितवन २ मा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले बारा–२ मा जसपालाई समर्थन गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : ५२ बजे