३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

राष्ट्रपतिको राजनीतिक सल्लाहकार बने सुनिलबहादुर थापा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा बनेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

कांग्रेसका पूर्व सहमहामन्त्रीसमेत रहेका थापाले राष्ट्रपतिको राजनीतिक सल्लाहकारको नियुक्तिपत्रसमेत लिइसकेका छन् ।

त्यसैगरी राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई यसअघि नै नियुक्त गरिसकेका छन् ।

Enter

Write to Nan Suu Thakuri

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ५ : २६ बजे