बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

चैत १० गतेदेखि २९औँ आईजीपी धिरजप्रताप सिंहले अनिवार्य अवकाश पाएपछि नयाँ आईजीपी नियुक्त भएका हुन् । कुँवरले आईजीपी नियुक्त हुनु २ दिनअघि मात्रै चैत ८ गते एआईजीपीमा बढुवा भएका थिए ।

कुँवरसँगै एआईजीपीमा बढुवा भएका टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि महानिरीक्षकको दौडमा रहेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १ : १४ बजे