४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय



काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक ९आईजीपी० मा बढुवा भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो।

एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका छन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्।

आईजीपीका लागि कुँवरसँगै एआईजीभएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाबेदार थिए।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : ५० बजे