चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद



कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी कार्यालय चिसापानीले काठका कडि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीले ६३ वटा कडी बरामद गरेको हो ।

सडक खण्डमा कुईनेबाट चिसापानीतर्फ आउँदै गरेको से १ ज ११४५ नम्बरको जिपबाट उक्त कडी प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा गाडीचालक कैलालीको घोडाघोडी नगरपालिका २ बस्ने वर्ष ३८ को दिनेश बि.सी र वडा नम्बर ४ बसन्ता बस्ने वर्ष १८ को राज रसाईली र गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ३ : ०३ बजे