माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

यस्ता छन् सबैभन्दा बढी र कम जनसंख्या भएका नगरपालिका



काठमाडौं । नेपालको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नयाँ जनगणनामा हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना भएको जनाइएको छ ।

नयाँ जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिका देखिएका छन् । त्यसमा काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका परेका छन् । त्यसैगरी सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरुमा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालीगुराँस र संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका रहेका छन्।

यतिबेला काठमाडौं महानगरपालिकामा ८,६२,४०० र सबैभन्दा कम जनसंख्या भएको ठूली भेरी नगरपालिकामा ९,८६१ जनसंख्या रहेको छ।

अहिले नेपालमा २० हजार भन्दा कम जनसंख्या भएको नगरपालिका १४ रहेको छन् भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३७ वटा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ५३ बजे