बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ ।
समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाइ अभियानको १००औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो।