मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

प्रधानमन्त्री प्रचण्डले गरे गोरखामा शिलान्यास



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास गरेका छन् ।

दोस्रो पटक विश्वासको मत पाए लगतै गोरखा पुगेर गत मंसिर ४ निर्वाचितमा निर्वाचित गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी–कटहरे–हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन्।

बिमिरेमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतले उपस्थिति जनाएका थिए ।

उक्त सडकखण्डको २० किमी बाटो फराकिलो बनाएर कालोपत्रेको निर्माणकार्य सम्पन्न गर्ने योजना रहेको छ ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माणकार्य हुन लागेको हो । सो सडक निर्माणका लागि ८० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा निर्माण कार्यसम्पन्न गर्ने गरि ठेक्का लिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ३ : ०१ बजे