मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बैठक सम्पन्न



काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ ।

बैठक संगठनका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न भएको हो । काठमाडौंमा सम्पन्न भएको बैठकले किसानलाई प्रत्यक्ष असर पर्नेगरी रासायनिक मलमा दिइँदै आएको अनुदान कटौति गर्ने सरकारको निर्णयको विरोध गर्दै तत्काल अनुदान उपलब्ध गराउन माग गरेको छ ।

देशको अर्थतन्त्र दिनप्रतिदिन ओरालो लाग्दै गरेको, बैक तथा सहकारी संस्थाहरुमा नगद अभावको कारण देखाई बचतकर्ताहरुको रकम फिर्ता दिन नसक्ने अवस्थामा पुगेको तर सरकार भने मुकदर्शक भएर बस्नु दुर्भाग्य भएको जनाइएको छ । बैठकले देशको अर्थतन्त्र बलियो बनाउन छिटो उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी बैठकले बढ्दै गएको महँगी, भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले संगठनलाई सुदृढिकरण गर्दै वडा तहसम्म संगठन विस्तार गर्न राप्रमसं नेपालका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएको छ । बैठकले बढ्दो महँगी, भ्रष्टाचार, जवर्जस्ती धर्म परिवर्तन गराउने लहर लगायतका विरुद्ध चाँडै सडक संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भावी कार्यदिशाका बारेमा प्रशिक्षण समेत दिएका थिए । अध्यक्ष थापाले अन्य पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका दर्जनौं महिलाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ३ : १९ बजे