बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

राष्ट्रपति पौडेलद्वारा क्रिकेट खेलाडी सम्मानित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन् । शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए । सवैकुराको पूर्वाधारको कमी हुदा पनि सफलता प्राप्त हुनु ठूलो कुरा भएको उनले बताए ।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको शान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरुलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे । नेपालको जीतले सवै नेपाली गौरवान्तीत रहेको र राष्ट्रले खुसीयाली मनाएको उनको भनाइ छ । उनले विश्वमञ्चमा पनि नेपालले उत्कृष्ठ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स युएईलाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो । शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ४५ बजे