संखुवासभा । संखुवासभाको मादी नगरपालिकाको आयोजनामा मादी चौथो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ । नगरपालिकको आयोजनामा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रतियोगिता हुने भएको नगर प्रमुख जीवन लिंथेपले बताए ।
मादिको ओखरबोटेस्थित कभर्ड हलमा आयोजना हुँदैछ । गत वर्षजस्तै यस वर्ष पनि तीन विधामा प्रतियोगित गरिने नगरप्रमुख लिंथेपले जानकारी दिए ।
पुरुष डबल, महिला डबल र पुरुष डबल भेट्रान्स खेलमा राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने पनि नगर प्रमुख लिंथेपले बताए । यस पटक पनि उच्च तहका राष्ट्रिय खेलाडीहरुले भाग लिने विश्वास नगर प्रमुखले लिए । प्रतियोगितामा भाग लिएर प्रथम, दृतीय र तृतीय हुनेहरुले ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार,पचास हजार र २०–२० हजार प्राप्त गर्नेछन् ।
यस्तै पुरुष डबल भेट्रान्स ट्रफी मेडल र प्रमाणपत्र सहति ५० हजार ३० हजार र १०–१० हजार पुरस्कार पाप्त गर्नेछन् । यस्तै महिला डबल तर्फ प्रथम, दृतीय र तृतीय हुनेहरुले ट्रफी, प्रमाणपत्र र मेडलसहित नगद ४० हजार, ३० हजार र १०–१० हजार रुपैया प्राप्त गर्नेछन् ।
मादी नगरपालिकाले विगतको वर्षदेखि नै खेलसँगै पर्यटन प्रबद्र्धन पनि गर्दै आएको छ । खेलमा सहभागी हुने व्यक्तिहरुले खेलसँगै पर्यटन प्रबद्र्धनमा पनि विशेष टेवा पुगेको नगरप्रमुख लिंथेपले विश्वास व्यक्त गरे ।