बैशाख १७, २०८२ बुधबार Wed Apr 30 2025

बानेश्वर क्याम्पसमा नेविसंघका उम्मेदवार निराजन कार्की



काठमाडौ । आगामी स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा अहिले विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु आ–आफ्नो प्रचारप्रसारमा व्यस्त छन् ।

काठमाडौंको चर्चित क्याम्पस मध्ये एक हो बानेश्वर क्याम्पस । सोहि बानेश्वर क्याम्पसको स्ववियु निर्वाचनमा सभापति पदको उम्मेदवारी दिएका निराजन कार्की पनि आफ्नो प्रचारप्रसारमा व्यस्त रहेका छन् । नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै कार्कीले सभापति पदमा उम्मेदारी दर्ता गराएका छन् ।

उनले क्याम्पसभित्र विद्यार्थीका हकहितको साथै चौतर्फी विकासका एजेण्डालाई प्रस्तुत गर्दै चुनावी माहौलमा होमिएका छन् । उक्त क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत कार्की विद्यार्थीमाझ लोकप्रिय समेत रहेका छन् ।

यही चैत्र ५ गते स्ववियु निर्वाचनको मतदान हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ११ बजे