बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

चन्द्रनगर गाउँपालिकाद्वारा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित



सर्लाही । सर्लाही चन्द्रनगर गाउँपालिकाले करार सेवामा कर्मचार आवश्यकताको सूचना प्रकाशित गरेको छ ।

गाउँपालिकाले उधम विकास सहजकर्ता र सहायक लेखापालको पदमा करार नियुक्तिको कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गरेको हो ।

सो कर्मचारी आवश्यकताको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको छ । गाउँपालिकाको उक्त करार सेवामा जारी सूचनामा जनाइएअनुसार योग्यता पुगेका र इच्छुक नेपालीहरुले निवेदन दिई रोजगारीको अवसर लिन सक्ने छन् ।

अन्य जानकारी जारी सूचनामा उल्लेख गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ४१ बजे