मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

ममता झालाई मद दिने रास्वपाको निर्णय



काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिन केही समय बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले कसलाई मत दिने भन्ने विषय टुंग्याएको छ ।

शुक्रबार बिहान १० बजेबाट उपराष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा रास्वपाले ममता झाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । झा जनमतको तर्फबाट उम्मेदवार बनेकी छन् ।

उनीसँगै गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा झालाई दिने भएको हो ।

उपराष्ट्रपति निर्वाचनको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : ३८ बजे