३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

विश्वकप छनोटमा पुग्ने क्रिकेटरलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा



सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट भएका नेपाली खेलाडीलाई तीन लाख पुरस्कार दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरूलाई शुक्रबार बिहान बालुवाटारमा सम्मान गर्दै पुरस्कारको घोषणा गरेका हुन् ।

‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ,’ खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसअघि पनि सरकारले तपाईहरुलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १ : ३२ बजे