मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

रास्वपाको बैठक स्थगित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

उपराष्ट्रपनि निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय गर्न रास्वपाले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको थियो । तर, निर्वाचन आचारसंहितका कारण रास्वपाको बैठक प्रभावित बनेको हो ।

निर्वाचन आयोगले आचारसंहिताबारे ख्याल गर्न दलहरुलाई सचेत गराएसँगै रास्वपाको पूर्वनिर्धारित बैठक नबस्ने भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत शुक्रबार बिहान १० बजेदेखि मतदान हुने भएपनि रास्वपा कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगेको छैन । अब नेताहरुबीच अनौपचारिक छलफल गरेर सोही अनुसार अघि बढ्ने तयारीमा पार्टी छ ।

यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ११ : ३५ बजे