काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्न बैठक बस्न लागेको हो । उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ । यसअघि राष्ट्रपति चुनावमा रास्वपाले सत्ता गठबन्धनलाई साथ दिएको थियो । त्यस्तै पछिल्ला समसायिमक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाका १९ सांसद छन् । सत्ता गठबन्धनबाट रामसहाय यादव र ममता झा उम्मेदवार छन् भने एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।