काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज सरकारी निवास छाड्ने भएका छन्। लैनचौरस्थित सरकारी निवासबाट चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको निजी निवासमा सर्ने तयारी गरिएको छ ।
उपराष्ट्रपतिको सचिवालयका अनुुसार सरकारी निवासबाट मध्यान्ह १२ बजे सर्ने कार्यतालिका रहेको छ । उनका अनुसार उपराष्ट्रपति पुनका लागि दह चोकमा निजि निवास निर्माण भइसकेको छ ।
नयाँ उपराष्ट्रपतिको लागि भोलि हुँदैछ । उपराष्ट्रपतिका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको गठबन्धनबाट चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा संघ र प्रदेशका ८ सय ८१ सांसदले मतदान गर्नेछन्।