काठमाडौं । नेपाल नगरपालिका संघले ३० स्थापना दिवस मनाएको छ । संघको गठन नेपालमा बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०५० सालमा भएको हो । संघले आफ्नो स्थापनाकालको ३० औं दिवस अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । संघले नगर र महानगरमा पाँचवटा विधामा उत्कृष्ट काम गर्ने प्रमुखहरुलाई पुरस्कार तथा सम्मानको व्यवस्था पनि गरेको थियो ।
त्यस पुरस्कारका संयोजक कासीराज दाहाल थिए । उनको नेतृत्वमा सदस्यीय छानविन समिति बनाइएको थियो । पाँचवटा विधानमा उत्कृष्ट काम गर्ने ६ नगरपालिकाहरु पुस्किृत भएका थिए । त्यसरी पुरस्कृति हुनेमा सामाजिक विकासको क्षेत्रमा ललितपुर महानगरपालिकाले उल्यख्य काम गरेर उत्कृष्ट नगरपालिकामाको प्रथम पुरस्कारबाट मेयर चिरिबाबु महर्जन पुरस्कृति भएका छन् । महर्जनलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका छन् ।
त्यसैगरी शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्न चितवनको भरतपुर महानगरपालिका सफल भएकोमा मेयर रेण दाहाल पुरस्कृत भएकी छिन् । दाहाललाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन् । तेस्रो स्थानीय आर्थिक विकासमा बराबर नम्बर ल्याएर दुईवटा नगरपालिका पुरस्कृति भएका छन् ।
त्यसमा इलमाको सूर्योदय नगरपालिका र अर्को चितवनको खैरेनी नगरपालिका रहेका छन् । त्यसैगरी वन, वातावरण र जलवायु परिवर्तको विषयमा वीरेन्द्रनगर नगरपालिका सूर्खेतले चौथो पुरस्कार हात पारेको छ । त्यसैगरी संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन विधामा धनगढी उपमहानगरपालिका उत्कृष्ट भएको छ ।
संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य काम गरेर धनगढी उप–महानगरपालिकालाई उत्कृष्ट नगरपालिकामा दर्ज गराउन सफल भएकोमा मेयर गोपाल हमाल पुरस्कृति भएका छन् । हमाललाई कार्यक्रमका प्रमुख अथिति तथा प्रधानमन्त्री पुष्पकमल दालहाले पुरस्कार प्रदान गरेका छन् ।
नगरपालिका संघका कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहलाई २१ वटा कार्यकारी अधिकार रहेको जनाएका स्पष्ट पारे । उनले प्रदेश र स्थानीय तहको साझा अभ्यास हुनेहुँदा स्थानीय तहले सवलीकरण गरी राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउनेमा जोड दिएका छन् ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले स्थानीय तहमा हिजो निर्वाचन लडेका हजारौं पराजित भएका अथवा जितेका सबैलाई गरी अर्बौं रुपैयाँ जरिवाना लाग्ने व्यवस्था हुनै लागेको आतंक फैलिएको त्यसमा पनि पराजित भएकाको त झन् घरघरेडी नै जाने गरी आतंक फैलिएको स्मरण गर्दै आफूले पहिला नै त्यसलाई रोक्ने पहल गरेको बताए ।
त्यसैगरी स्थानीय तहले प्रदेश र संघलाई समेत आर्थिक, सामाजिक र राजनीतिक रुपले टेवा पु¥याउने उल्लेख गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संघयता अन्य मुलुकको लागि उदाहरणीय रहने पनि बताए । कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीमप्रसदा ढुंगानाले प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई संघीयताको नायक भनेका छन् ।
त्यसगरी अध्यक्ष ढुंगानाले माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क गर्ने भनिएको तर त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । त्यसैगरी कार्यक्रममा निवर्तमान अध्यक्ष अशोक बेञ्जु, गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, जिल्ला समन्वय समिति राष्ट्रिय महासंघका अध्यक्ष राजन महत्वलगायतका व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए ।