काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोपको तीनदिने बुस्टर डोज अभियान सम्पन्न गरेको छ ।
गत आइतबारदेखि सुरु भएको उक्त अभियान मंगलबारसम्म आइपुग्दा हानगरका ३२ वटै वडामा खोप अभियान सम्पन्न भएको छ । कोरोनाविरुद्धको खोपको दुई मात्रा लगाएर बुस्टर डोज लगाउन बाँकी रहेका व्यक्तिहरुलाई अमेरिकाको फाइजर खोप लगाइएको हो ।
यसअघि कोभिशिल्ड वा भेरोसेल जुनसुकै खोप लगाएको भएपनि फाइजरको बुस्टर डोज लगाउन सकिने जनाइएको छ । यसका लागि अघिल्ला मात्रा खोप लगाइसकेको कार्ड अनिवार्य गरिएको छ भने खोप लगाएको अवधि ६ महिना पुगेको हुनुपर्नेछ ।
पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या अत्यधिक भएपनि कोरोना संक्रमण कम भएसँगै बुस्टर डोज लगाउन आउनेको संख्या निकै कम देखिएकाले यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।

