बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

डंगोलद्वारा उपत्यका उपप्रमुख सञ्जाल गठन



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा ‘उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । उपत्यकाका नगरपालिकाका उपप्रमुखहरुको बैठकले सञ्जाल गठन गरेको हो ।

उपप्रमुखहरुको कामको विषयमा छलफल गर्न, काममा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य र समन्वय गर्न सञ्जाल गठन गरेको डंगोलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

‘एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्य सम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्वपूर्ण भूमिका हुने भएर हामीले गठन गरेका हौं,’ डंगोलको भनेकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ०२ बजे