मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

नागरिकलाई निराशाको सिकार हुनबाट जोगाउन प्रधानमन्त्रीले डर मान्नुपर्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई निराशाको सिकार हुन बाट बचाउनुपर्ने बताएका छन् ।

देशको आर्थिक अवस्थामा प्रधानमन्त्रीले भने डर लिनुपर्ने बताएका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । देशका नागरिकहरु दैनिक देशको आर्थिक अवस्था माथि उठ्ने आशामा रहेकाले सो विषलाई मनन गरेर प्रधानमन्त्रीले देशको अवस्थावारे बुझ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ‘दर्जनौं मन्त्रालय अहिले खाली अवस्थामा रहेका छन् ।

यसरी मन्त्रालय खाली राखेर परिवर्तनको समयलाई बाधक बनाएको महामन्त्री थापाको भनाइ छ । विगतमा जस्तो गठबन्धन नटुक्रिने र बेला –बेला गठबन्धन टुक्रिए जनताले दिएको दण्ड भोग्न तयार रहने प्रतिबद्धता दिनुपर्ने समेत प्रधानमन्त्रीलाई महामन्त्री थापाले निर्देशन दिएका छन् ।

सत्तारुढ गठबन्धनले सरकार ५ वर्ष टिक्छ र यो अवधिमा डेलिभरी गर्न सकेन भने जनताबाट दण्ड भोग्न तयार छौं भनेर जनतासामू प्रतिबद्धता जनाउनुपर्ने समेत उनले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : ३३ बजे