गुल्मी । एसईई परीक्षामा ३ दशमलब २ जीपीए भन्दा धेरै ल्याउने विद्यार्थीलाई रेसुंगा नगरपालिकाले नगदसहित सम्मान गरेको छ । नगरपालिकाले नगरभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सो सम्मान गरेको हो ।
नगरपालिकाले २०७८ सालको एसईईमा नगरपालिकाभित्रका विद्यालयहरुबाट ३ दशमलब २ जीपीए ल्याई कक्षा ११ मा अध्ययन गर्ने ९६ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो।
नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीका अनुसार विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र नगरभित्र विद्यार्थी टिकाइराख्न यस्तो नीति ल्याएको जनाइएको छ ।