काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) बिहान बसेको माओवादी घटकहरूको संयुक्त वैठक सकिएको छ । बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए ।
सर्वोच्च अदालतमा यही फागुन २३ मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा भेला गराएको हो ।