काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् ।
मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतीक्षामा छौं ।राष्ट्रपतिको निर्वाचनस्थलमा पौडेलले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु ।
केही दिनमै निर्वाचित भएमा तपाई (पत्रकार) हरुलाई पनि बोलाउने छु ।’ पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य नगर्ने दावी गरे ।
’पौडेलसँग एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।