मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपतिको निर्वाचन हुदैँ



काठमाडौं । बिहीबार हुन लागेको राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्थाको योजना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षा तयारीबारे जानकारी दिएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० दानबहादुर कार्कीले बताए ।

एसएसपी कार्कीले मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने पनि बताए ।

मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न नदिइने भन्दै उनले मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ८ : ३७ बजे