माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

काठमाडौं महानगरपालिकाको चैत्र १५ र १६ गते राष्ट्रिय सम्मेलन हुँदै



काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले चालु आर्थिक बर्षको २०७९÷८० स्वीकृत तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम न्यायिक समितिको राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको बताएकी छिन् ।

सो राष्ट्रिय सम्मेलन २०७९ साल चैत्र १५ र १६ गते नेपाल प्रज्ञा प्रठिष्ठान कमलादी काठमाडौंमा आयोजना गरिएको विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय सम्मेलनमा समितिको तर्फबाट एकजना प्रतिनिधिले सहभागी हुनुपर्ने सो विज्ञप्तिमा भनिएको महानगरले जनाएको छ ।

सम्मेलनमा न्यायिक समितिको अवधारणा, कानूनमा भएको व्यवस्था, समितिको क्षेत्रधिकार, हालको प्रचलन, स्थानीय विवादका समाधानमा मेलपिमलापको प्रक्रिया, निर्णय प्रक्रिया, मिलापत्र तथा निर्णय कार्यान्वयन आदि विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने योजना रहेको जनाइएको छ ।

त्यस्तै, राष्ट्रिय सम्मेलनमा सहभागी सुनिश्चतताको पत्र महानगरको इमेलमा फागुन ३० अगाडी नै पठाइदिन महानगरले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ३९ बजे