मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

दोलखा कांग्रेसद्वारा नेविसंघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाको राजीनामा माग



दोलखा । दोलखा नेपाली कांग्रेस सभापति तथा नेता बर्मा लालाले भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पालाई पद हटाइ कारबाही गर्नुपर्ने माग छन् । सभापति लामाले यही २२ गते सोमवार पत्र नै लेखेर कारबाहीको माग गरेका हुन् । उनले नेविसंघको केन्द्रीय कार्य समितिको पुस १४ गतेको पत्रानुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले सर्वसम्म रुपमा नेविसंघको जिल्ला अध्यक्षमा सौगात थापाको नाम सिफारिस गरेर पठाएको थियो ।

तर नेविंघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले भने दोलखा जिल्लाले पठाएको सौगात थापाको ठाउँमा अर्कै नेपाल विद्यार्थी संघ दोलखामा कुनै साधारण सदस्य समेत नरहेको, कुनै ईकाइमा पनि नरहेको व्यक्तिलाई जिल्ला अध्यक्ष तोकी पठाएको सामाजिक सञ्जालबाट थापा पाएपछि सभापति लामाले आपत्ति प्रकट गरेका हुन् ।

लामाले नेविंघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले जिल्लाका कांग्रेस नेताहरुको भावनामा ठेस पु¥याउने गरी आफूखुसी संगठनले नचिनेको व्यक्तिलाई अध्यक्ष बनाउन नाम पठाएपछि नेपाली कांग्रेस दोलखाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कमजोर संगठन भएको दोलखा जिल्लामा पार्टीलाई विवादरहित ढंगबाट संचालन गर्न विभिन्न गुट, उपगुट निस्तेज गर्ने अभियानमा जिल्ला नेतृत्व लागिपरेको छ ।

पार्टी संगठनलाई गुटरहीत र एकढिक्का बनाउने अभियानमा अघिबढिरहेको बेला जिल्ला कार्यसमितिले गरेको निर्णयलाई उल्टाउने काम गर्दै जाने हो भने पार्टी संगठनमा आँच आउने छ’ अध्यक्ष लामाले जारी विज्ञप्तिमा भनेका छन् । उनले पार्टीको जिल्ला तहले सर्वसम्मत निर्णय गरी सिफारिस गरेको नामलाई अकेन्द्रले अबमूल्यन गर्दै अर्को अमुक व्यक्तिको नाम सिफारिस गरेको गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

लामाले व्यक्तिगत स्वार्थ, संलग्नता र काठमाडौंतिरको निकटताका आधारमा दोलखा जिल्ला संगठनले नचिनेको व्यक्तिलाई अध्यक्ष तोकेको भन्दै उक्त केन्द्रीय समितिको निर्णय बदर गरी अध्यक्ष डुजाङ शेर्पालाई कारबाही गर्नुपर्ने माग गरिएको छ । जिल्लामा विवाद सृजना गर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष शेर्पालाई तत्काल कारबाही गर्न पार्टीसँग माग गरेका हुन् ।

लामाले भनेका छन्, ‘दोलखा जिल्लाको हकमा पार्टीको बैठकले सर्वसम्मत निर्णय गरेको र दोलखाका आम विद्यार्थीहरुको भेलाले चयन गरेको नेविसंघ अध्यक्ष सौगात थापा र उनी नेतृत्व कार्यसमितिलाई आधिकारिकता प्रदान गर्न विज्ञप्तिमार्फत् माग गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ४२ बजे