काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन् ।
आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष सम्म कायम हुने उनको भनाइ रहेको छ । यस्तै विश्वासको मत भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने प्रधानमन्त्री प्रचण्डले बताए ।