काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको माग गरेको छ ।
सो पार्टीका उपाध्यक्ष खानेपानी मन्त्री अब्दुल खानका अनुसार जनमतले सो माग राखेको हो ।
नयाँ आठदलीय गठबन्धनमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय आफूहरूले पाउने सहमति भइसकेको उनको भनाइ छ ।
आज काठमाडौंमा आयोजित आठदलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी भएर जनमत पाटीले सो मत राखेको हो ।