सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दलित सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम ऐन २०७६ अनुसार स्थानीय स्तरमा कार्यान्वयनको अवस्था चुनौतीपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयनका लागि नीतिगत जटिलता रहेकोमा छलफल गरिएको थियो ।
गाउँपालिकामा दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न सो कार्यक्रम गरिएको थियो । गाउँपालिका प्रमुख राजकुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित अधिकारकर्मी पचुलाल माझीले कार्यपत्र सञ्चालन गरेका थिए ।
साप नेपालको आयोजना, चन्द्रनगर गाउँपालिकाको सहकार्य र नेपाल राष्ट्रिय मुसहर संघसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
दशकौंदेखि शिक्षा, स्वास्थ्य, जनचेतना र आर्थिक अभावमा जीवन गुजारा गर्दै आएका मुसहर लगायत दलित समुदायलाई स्थानीय सरकारले संबिधानमा उल्लेख गरेका मौलिक हक अधिकारको सुनिस्चित गर्न दलितका लागी बनाएका आयोगहरु, ऐन, निएमको प्रभावकारी रुपमा लागु गर्न र सरोकावालाहरुको जवाफदेहिता अभिवृद्धि गर्न कार्यक्रको आयोजना गरिएको जनाइएको छ ।