मंसिर ९, २०८१ आइतबार Mon Nov 25 2024

प्रदेश १ को नाम कोसी राख्ने प्रस्तावमा माओवादी केन्द्र सहमत



काठमाडौं । प्रदेश १ को नाम कोसी राख्ने प्रस्तावमा माओवादी केन्द्र सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेपछि अहिले माओवादीले पनि सहमति जनाएको हो ।

माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीका अनुसार माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको भए पनि यसपटक भने सहमत भ्रएको छ । संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीको भनाइ रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १ : २५ बजे