१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

हिमालयन र सिभिल बैंकले फागुन १० गतेबाट एकीकृत कारोबार थाल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति दिएसँग हमालयन बैंक र सिभिल बैंकले फागुन १० देखि एकीकृत कारोबार गर्ने भएका छन् ।

१०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात १००ः८०.२८ कित्ता कायम गरी प्राप्ति (एक्विजिसन) गर्ने दुई बैंकबीच सम्झौता भएको थियो।

सोही सम्झौतालाई दुवै बैंकका साधारणसभाले पारित समेत गरिसकेका छन् । मर्जपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : ५० बजे