२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

काठमाडौं महानगरले दियो सरकारी संस्थाहरुलाई पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न निर्देशन



काठमाण्डौ । यही पुस मसान्तभित्रै सरकारी संस्थाहरुलाई साधारणसभा सम्पन्न गर्न काठमाण्डौ महानगरपालिकाले निर्देशन दिएको छ।

काठमाण्डौ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको सहकारी विभागले सूचना प्रकाशित गरी कामपाभित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई सो निर्देशन दिएको हो।

महानगरले साधारणसभा सम्पन्न भएको १५ दिनभित्र साधारणसभाबाट पारित प्रमाणित प्रतिवेदन सहकारी विभागमा बुझाउन पनि निर्देशन दिएको जनाएको छ ।

महानगरले साधारणसभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ तथा तल दिएको उल्लेखित विषयलाई आधार लिन पनि विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १२ : ११ बजे